भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सङ्गठित ठगी धन्दाको अनुसन्धान अन्तिम चरणमा पुग्यो प्रहरी

सङ्गठित ठगी धन्दाको अनुसन्धान अन्तिम चरणमा पुग्यो प्रहरी

काठमाण्डौ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने पक्राउ परेका १४ जनाकै बयान सकिएको छ । सङ्गठित ठगी धन्दाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले पर्सि शुक्रवारसम्ममा अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको जनाएको छ ।

प्रहरीले सङ्गठित अपराध र ठगी कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान गरिरहेकोमा यो धन्दा राज्यविरुद्धको पनि अपराध रहेको सरकारी वकिल कार्यालयको निष्कर्ष छ । नेपालीलाई नक्कली शरणार्थी बनाएर ठगी गर्ने यो प्रकरण राष्ट्रहित प्रतिकूल भएकाले त्यो कसुर आकर्षित हुने गरी मुद्दा चलाउन लागिएको हो ।

यस प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्री र बहालवाला एक सचिवसहित १४ आरोपितहरुविरुद्ध राष्ट्रहित प्रतिकूल गरेको, ठगी, कीर्ते र सङ्गठित अपराधको अभियोगमा मुद्दा दायर गर्ने तयारी छ ।

 

 


Thali Mobile Pvt.Ltd.