काठमाडौँ । सङ्घीय संसद्को संयुक्त आज बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का सचिवालयले जनाएको छ ।
त्यस्तै बैठकमा सङ्घीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यसैगरी प्रतिनिधि सभाको नियमित बैठक पनि आजै दिउँसो एक बजे बस्दैछ । आजको बैठकमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९(०८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तो छ सम्भावित कार्यसूची…


