भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त आज बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का सचिवालयले जनाएको छ ।

त्यस्तै बैठकमा सङ्घीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ ।

त्यसैगरी प्रतिनिधि सभाको नियमित बैठक पनि आजै दिउँसो एक बजे बस्दैछ । आजको बैठकमा अर्थ मन्त्री डा. प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९(०८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ सम्भावित कार्यसूची…

 


Thali Mobile Pvt.Ltd.