भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

विद्युत् चुहिएर घरमा आगो लाग्दा २० लाख बराबरको क्षति

विद्युत् चुहिएर घरमा आगो लाग्दा २० लाख बराबरको क्षति

ताप्लेजुङ । ताप्लेजुङमा शनिबार भएको आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ ।

फुङ्लिङ नगरपालिका–८ का पदमसुन्दर पालुंवाको घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महामन्त्रीसमेत रहनुभएका पालुंवाको कच्ची तीनतले घरमा आगो लाग्दा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, गरगहना, नगद रु ९० हजारसहितका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अचानक भएको आगलागी समयमै नियन्त्रणमा नआएकाले पूर्णरूपमा घरसहित घरभित्र रहेका सामान जलेर नष्ट भएको हो । नेपाल प्रहरीसहित स्थानीयको सहायतामा करिब एक घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.