भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

विद्युत् चुहिएर घरमा आगो लाग्दा २० लाख बराबरको क्षति

विद्युत् चुहिएर घरमा आगो लाग्दा २० लाख बराबरको क्षति

ताप्लेजुङ । ताप्लेजुङमा शनिबार भएको आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ ।

फुङ्लिङ नगरपालिका–८ का पदमसुन्दर पालुंवाको घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महामन्त्रीसमेत रहनुभएका पालुंवाको कच्ची तीनतले घरमा आगो लाग्दा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, गरगहना, नगद रु ९० हजारसहितका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अचानक भएको आगलागी समयमै नियन्त्रणमा नआएकाले पूर्णरूपमा घरसहित घरभित्र रहेका सामान जलेर नष्ट भएको हो । नेपाल प्रहरीसहित स्थानीयको सहायतामा करिब एक घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.