भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

सडक क्षतिग्रस्त बनेपछि विरामी मर्कामा

सडक क्षतिग्रस्त बनेपछि विरामी मर्कामा

सिन्धुपाल्चोक । नेपाल–चीन तातोपानी नाका जोड्ने कोदारी लोकमार्गको तातोपानी नाका जोड्ने सडक क्षतिग्रस्त बनेको छ । उक्त सडक खण्डको माथिबाट आएको बाढी र भेलले सडक क्षतिग्रस्त बनेको हो । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलाको भीषण बाढीका कारण तोपानी नाका जोड्ने सडक क्षतिग्रस्त बनेपछि आवतजावत बन्द भएको छ ।

सडक खुलाउन सडक डिभिजन कार्यालयले वास्ता नगरेकोले वडा कार्यालय र पालिकाको प्रयासमा खुलाउने कार्य जारी रहेको छ । बाढी र पहिरोका कारण सडक अवरुद्ध हुदाँ बाह्रबिसे र तातोपानी सडक सम्बन्ध टुटेको जनाइएको छ। सडकमाथिको मेराक भन्ने स्थानबाट आएको बाढीले सडक बगाएपछि यातायातका साधान पूर्णरुपमा रोकिएका र सडक बगाएपछि पैदल यात्रा समेत पूर्णरुपमा रोकिएको जनाइएको छ। बिरामी, सुत्केरीलाई अस्पताल पुर्याउन समस्या भएको स्थानीयको भनाई छ।

 


Thali Mobile Pvt.Ltd.