समाजवादका निम्ति नयाँ सरकार बनाऔंः प्रचण्ड

समाजवादका निम्ति नयाँ सरकार बनाऔंः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादका निम्ति नयाँ सरकार बनाउन जरुरी रहेको बताएका छन् ।

कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट निर्णय हुने उनको दावी छ । निर्वाचन क्षेत्रमा पुगेका दाहालले पत्रकारहरुसँग कुरा गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध सडकमा गएका शक्ति मिलेर सरकार बनाउने जिकिर गरे ।

आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको भन्दै कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति लड्नु पर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.