भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

समाजवादी मोर्चाले हेटौंडामा सन्देश सभा गर्दै

समाजवादी मोर्चाले हेटौंडामा सन्देश सभा गर्दै

काठमाडौं । समाजवादी मोर्चामा आबद्धदलहरुले आज मकवानपुरको हेटौंडामा सन्देश सभा गर्दैछन् ।

सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ ।

आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको समेत घोषणा गरिने एकीकृत समाजवादीका बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले बताइन् ।

चार दल सम्मिलित मोर्चाको भदौ ४ गते बसेको बैठकले सात वटै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार मोर्चाले मधेश प्रदेशको वीरगञ्जमा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा सन्देश सभा सम्पन्न गरिसकेको छ ।

भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा आयोजना गर्ने भनिएको सभा स्थगित गरेको मोर्चाले कोशी प्रदेशको विराटनगरमा भदौ २५ गते सभा गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.