समानुपातिकको एक करोड चार लाख मत गन्दा कसको मत कति ?

समानुपातिकको एक करोड चार लाख मत गन्दा कसको मत कति ? image

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । हालसम्म कूल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना सम्पन्न भएको छ। हालसम्मको विवरणअनुसार एमालेले २७ लाख ८७ हजार सात सय ५९, नेपाली कांग्रेसले २६ लाख ५९ लाख आठ सय ७८, नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार तीन सय ९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार पाँच सय ९७, जनता समाजवादी पार्टीले चार लाख २० हजार नौ सय ४६, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय १३ मत प्राप्त गरेको छ।

कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने एकीकृत समाजवादीले दुई लाख ९४ हजार तीन सय ५७, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ६१, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५६, हाम्रो नेपाली पार्टीले ५५ हजार छ सय १४, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार सात सय ८५ र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८१ मत प्राप्त गरेका छन् ।

प्रदेश नं १ मा १८ लाख ९९ हजार एक सय ४४ मतगणना भएको छ । एमालेले छ लाख ६५ हजार चार सय ६० मत प्राप्त गरेको छ । कांग्रेसले पाँच लाख ६२ हजार नौ सय ५६, राप्रपाले एक लाख ९८ हजार पाँच सय ११, माओवादीले एक लाख ८१ हजार दुई सय ४५, जनता समाजवादी पार्टीले ६१ हजार सात सय २३ मत प्राप्त गर्दा एकीकृत समाजवादीले ५५ हजार नौ सय ५७ मत प्राप्त गरेको छ।

मधेस प्रदेशमा २० लाख ८६ हजार दुई सय ९८ मत गणना भएको छ । कांग्रेसले चार लाख एक सय ४४, एमालेले तीन लाख ५१ हजार सात सय ६८, जनमत पार्टीले तीन लाख २९ हजार एक सय ७७, जनता समाजवादी पार्टीले दुई लाख ९८ हजार सात सय ७४, माओवादीले एक लाख ८० हजार आठ सय ६० र नेकपा (एकीकृत समाजवादी) ले एक लाख १३ हजार नौ सय १५ मत प्राप्त गरेको छ।

बागमती प्रदेशमा १८ लाख ५७ हजार नौ सय ६६ मत गणना भएको छ । सो प्रदेशमा एमालेले पाँच लाख ६२ हजार छ सय ७५, कांग्रेसले चार लाख ७१ हजार नौ सय ६१, राप्रपाले दुई लाख ७२ हजार ८९, माओवादीले दुई लाख ७० हजार तीन सय ७२, नपाल मजदुर किसान पार्टीले ६८ हजार छ सय ५४ र नेकपा (एकीकृत समाजवादी) ले ६४ हजार एक सय आठ मत प्राप्त गरेको छ।

गण्डकी प्रदेशमा नौ लाख ८४ हजार पाँच सय ३९ मत गणना भएको छ। त्यसमा एमालेले तीन लाख ६७ हजार तीन सय ६१, कांग्रेसले तीन लाख ४९ हजार दुई सय १५, माओवादीले एक लाख १६ हजार आठ सय ५१, राप्रपाले ५९ हजार चार सय ४३, हाम्रो नेपाली पार्टीले १८ हजार सात सय ३२ मत प्राप्त गरेको छ। लुम्बिनी प्रदेशमा १८ लाख ८७ हजार ७८ मत गणना भएको छ।

त्यसमा एमालेले पाँच लाख ७० हजार नौ सय २१, कांग्रेसले चार लाख ९९ हजार नौ सय ८६, माओवादीले एक लाख ९८ हजार चार सय ५०, राप्रपाले एक लाख २७ हजार चार सय ५२, नागरिक उन्मुक्ति पार्टीले एक लाख २५ हजार पाँच सय २१, जनमत पार्टीले ८१ हजार छ सय पाँच, जनता समाजवादी पार्टीले ६० हजार आठ सय ८६ मत प्राप्त गरेको छ। कर्णाली प्रदेशमा पाँच लाख ७७ हजार आठ सय २९ मत गणना भएको छ।

त्यसमा एमालेले एक लाख ८३ हजार नौ सय ५०, काँग्रेसले एक लाख ७० हजार सात सय ५६, माओवादीले एक लाख ३७ हजार छ सय २९, नेकपा (एकीकृत समाजवादी) ले ३५ हजार आठ सय २६, राप्रपाले २५ हजार एक सय ८६, नेपाल मजदुर किसान पार्टीले आठ हजार नौ सय ९३ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशमा आठ लाख ३५ हजार आठ सय ९४ मत गणना भएको छ।

त्यसमा एमालेले दुई लाख ४८ हजार आठ सय ४०, काँग्रेसले दुई लाख ४३ हजार ३९, माओवादीले एक लाख १८ हजार नौ सय तीन, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार पाँच सय ५४, राप्रपाले ४३ हजार आठ सय आठ र नेकपा (एकीकृत समाजवादी) ले ले ४१ हजार आठ सय ३९ मत प्राप्त गरेको छ। ​ अन्य स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । दोलखा, बाजुरा र स्याङजाको मतगणना जारी रहेको आयोगले जनाएको छ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • मन्त्रिपरिषद बैठक बस्दै image

    मन्त्रिपरिषद बैठक बस्दै

    काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...

  • विद्युतीय राहदानी अनलाइन बुकिङ खुला image

    विद्युतीय राहदानी अनलाइन बुकिङ खुला

    काठमाडौं । विद्युतीय राहदानी सर्वसुलभ र सहज गराउन एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका...

  • हिमपातले सेताम्य राराताल क्षेत्र image

    हिमपातले सेताम्य राराताल क्षेत्र

    मुगु । गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा...

  • कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउने image

    कर्णालीमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउने

    सुर्खेत । कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले आमसञ्चार प्रतिष्ठान गठन प्रक्रियालाई अघि बढाउने बताएका हुन् ।...