नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा

नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा image

काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे ।

अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो । खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २–१ ले विजयी भयो । जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । नेदरल्यान्ड्स यस अघि नै क्वाटरफाइनलमा पुगिसकेको छ । अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda