भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सम्पदा संरक्षण कार्यमा सबैको हातेमालो जरुरी : सांसद प्रेम सुवाल

सम्पदा संरक्षण कार्यमा सबैको हातेमालो जरुरी : सांसद प्रेम सुवाल

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम शनिबार एक भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । भक्तपुरका सम्पदाहरुबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले शनिबार आयोजित सम्पदा पदयात्राको समापन कार्यक्रम भक्तपुर नपा वडा नं. १ स्थित न्हु पुखु (रानीपोखरी) मा भएको थियो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी सबैलाई धन्यवादज्ञापन गर्दै सम्पदा संरक्षणको कार्यमा सबैको हातेमालो जरुरी रहेको बताए । उनले भने, “भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै जाने क्रममा हामीमा धेरै चुनौतीहरु पनि थपिएका छन् । ती चुनौतीहरुलाई हामीले अवसरको रुपमा प्रयोग गर्न सके धेरै उपलब्धी हासिल हुनेछ ।”सम्पदा संरक्षण कार्यमा सबैको हातेमालो जरुरी ः सांसद प्रेम सुवाल

भक्तपुरका सम्पदा अवलोकन गर्न संसारका सबै पर्यटकहरु भक्तपुर घुम्न आउने गरेको बताउँदै सांसद सुवालले मानव निर्मित सम्पदाहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने धारणा तर्क गरे । नेपालमा अनियमितता र भ्रष्टाचारका घटनाहरु बढ्दै गइरहेको सन्दर्भ जोड्दै उनले सांस्कृतिक सम्पदा म्हास्ने र सार्वजनिक जग्गा मिच्नु आफैमा भ्रष्टाचारको रुप भएको बताए ।

सिंहदरबार भ्रष्टा व्यक्तिहरुको अखडा बनिरहेकोमा चिन्ता व्यक्त गर्दै भ्रष्टाचारी र तस्करहरुलाई संरक्षण गर्ने सरकारले देशको हितमा काम नगर्ने विचार व्यक्त गरे ।
कार्यक्रमका भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई अझ जीवन्त बनाउने प्रयासस्वरुप भक्तपुर नपाले यहाँका सांस्कृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने नीति लिँदै आएको जानकारी दिए ।सम्पदा संरक्षण कार्यमा सबैको हातेमालो जरुरी ः सांसद प्रेम सुवाल

कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्दै उनले भक्तपुर महोत्सवको तयारीको रुपमा पनि सम्पदा पदयात्रा कार्यक्रमलाई विशेष महत्वका साथ अगाडि बढाइएको बताए । पुर्खाले सिर्जेको सम्पत्तिलाई जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य भक्तपुर नपाको रहेको बताउँदै उनले नयाँको पुस्ताको सेवा गर्न भक्तपुर नपाले सम्पदा संरक्षणलाई जोड दिँदै आएको बताए ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका पोखरीहरुको उपयोगिताबारे प्रष्ट पार्दै पोखरीहरु ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण सम्पदाको रुपमा रहेको बताउदै पुरानो सम्पदालाई नयाँ किसिमले उपयोग गर्ने भक्तपुर नपाको सोच रहेको प्रस्टाइन । पोखरीहरुले वरिपरिको वातावरण सफा र स्वच्छ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ छ उनले भनिन ।सम्पदा संरक्षण कार्यमा सबैको हातेमालो जरुरी ः सांसद प्रेम सुवाल

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले मानव सभ्यताको विकास सँगसँगै मूर्त र अमूर्त सम्पदाहरुको विकास भएको बताउँदैै यस किसिमको कार्यक्रम आयोजनाले भक्तपुरको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रमको उद्घाटन सत्रमा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र समापन कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पनि कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए ।

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ भनपा वडा नं. ९ को लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा – ग्वंग पुखु – क्वाठण्डौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा पुगी समापन भएको थियो ।सम्पदा संरक्षण कार्यमा सबैको हातेमालो जरुरी ः सांसद प्रेम सुवाल

सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको छ । ¥यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, स्वयम्सेवक, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, खेलकुद समिति, बाजा समूह र नगरबासीहरुलगायतको उत्साहजनक सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.