भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारले दिने १० लाख रुपैयाँ नवीन्द्रराज जोशीको परिवारले नलिने

सरकारले दिने १० लाख रुपैयाँ नवीन्द्रराज जोशीको परिवारले नलिने

काठमाडौँ । नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन् ।

जोशीको परिवारले उक्त रकम नलिने घोषणा गरेको हो । फागुन १४ गते मष्तिस्कघातको समस्या देखिएपछि नेता जोशीलाई पहिले वीर अस्पताल र पछि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री ईश्वर पोखरेल अस्पताल पुगेर उपचारका लागि १० लाख रुपैयाँ सरकारले सहयोग गर्ने घोषणा गरेका थिए । सो घोषणा लगतै जोशी परिवारले उक्त रकम नलिने जनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.