काठमाडौं । राजस्व रकम नबुझाउने पाँचतारे होटल, रिसोर्ट र निर्माणसँग सम्बन्धित १ सय २३ कम्पनी तथा व्यक्तिलाई रकम बुझाउन सरकारले ३५ दिने अल्टिमेटम दिएको छ ।
लामो समयदेखि अटेरी गरी बक्यौता रकम तिर्न बाँकी रहेका कम्पनी÷फार्म तथा व्यक्तिको नामावलीसहित तीनपुस्ते विवरण सार्वजनिक गर्दै ३५ दिने अल्टिमेटम दिएको हो । सरकारले तोकेको अवधिभित्र रकम नबुझाए कम्पनीको सम्पूर्ण जायजेथा जफत गर्ने चेतावनी दिएको छ ।
राजस्व रकम नबुझाए सम्पत्ति जफत गरी लिलामीको प्रक्रियामा लैजाने बताइएको छ । अल्टिमेटम दिइएकाहरूमा नाम चलेका ठूला पाँचतारे होटल, रिसोर्ट, क्यासिनो, मिनी क्यासिनो, पूर्व सांसद्, ठेकेदार कम्पनीलगायत साना फार्मसमेत रहेका छन् ।
धेरै बक्यौता रकम सोल्टी होटल, अन्नपूर्ण होटल, हायत रिजेन्सी र एभरेस्ट होटलमा क्यासिनो सञ्चालन गरेको नेपाल रिक्रिएसन सेन्टरले अहिलेसम्म सरकारलाई ७३ करोड ६० लाख १ हजार ४ सय ६५ रुपैयाँ बक्यौता तथा त्यसको ब्याजसमेत तिर्न बाँकी रहेको महालेखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, १ असार । नेपाल विद्युत् प्राधिकरणले शनिवार रातिदेखि बङ्गलादेशतर्फ दैनिक ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। त्रिपक्षीय सम्झौताअनुसार यो निर्यात पाँच महिनासम्म अर्थात् कात्तिक २९ सम्म सञ्चालन...
एजेन्सी, ०१ असार । भारतको अहमदाबादमा लन्डनका लागि उडेको एयर इन्डियाको ड्रीमलाइनर विमान दुर्घटनामा परेर ज्यान गुमाएका क्याबिन क्रु सदस्यहरूको कथा आँशु झार्ने खालका छन्। एकातिर दशौँ वर्षको सेवा सकेर...
तेल अभिभ, १ असार । इजरायलले गरेको पछिल्लो सैन्य कारबाहीको जवाफस्वरूप इरानले इजरायलको मध्य र उत्तरी भागमा मिसाइल हमला गरेको छ। यस आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु र १००...
म्याग्दी, ३१ जेठ। म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी...