भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

एसइईको प्रश्नपत्र ७६ जिल्लामा पुग्यो, सुरक्षामा कडाई

एसइईको प्रश्नपत्र ७६ जिल्लामा पुग्यो, सुरक्षामा कडाई

काठमाडौं । चैत ६ गतेबाट सुरु हुने एसइई परीक्षाका प्रश्नपत्र सबै जिल्लामा पठाईसकिएको छ । कडा सुरक्षा व्यवस्थाका साथमा जिल्लामा पठाएको एसइईका प्रश्नपत्र आउट हुन नदिन कडाइ गरिएको छ ।

अघिल्लो वर्ष प्रदेश २ मा प्रश्नपत्रहरू बाहिरिएको खबरले मिडियामा छाएकोले यो वर्ष त्यस्तो हुन नदिन थप सुरक्षा व्यवस्था गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अघिल्ला वर्षमा एउटा कपडाको थैलोमा विषयअनुसार प्लास्टिकभित्र राख्ने गरिएको थियो ।

सुरक्षालाई कडा गर्दै प्रत्येक विषयको प्रश्न प्लास्टिकले र्‍याप गरी लाहाछाप लगाएर फेरि कपडाको थैलोमा राखेर लाहाछाप लगाएर पठाएको रामराज खकुरेलले बताए । परीक्षा केन्द्रको संख्या पनि वृद्धि गरिएको छ । यो वर्ष एक हजार नौ सय ९४ परीक्षा केन्द्र कायम गरिएको छ ।

मोरङमा ७०, रुपन्देहीमा ५६, झापामा ५५ केन्द्र कायम गरिएको छ । बागमतीमा चार सय २१ र कर्णालीमा एक सय ७६ केन्द्र रहेका छन् । एसइई परीक्षामा यो वर्ष कुल चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी सहभागी हुदै छन् । एसइई परीक्षा आगामी ६ देखि १७ चैतसम्म सञ्चालन हुँदै छ । प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र निर्माण गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.