भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सरकारले पत्र थमाएपछि बञ्चरेडाँडावासीको आन्दोलन असोज २० गतेसम्म रोकियो

सरकारले पत्र थमाएपछि बञ्चरेडाँडावासीको आन्दोलन असोज २० गतेसम्म रोकियो

काठमाण्डौ । असोज २० गतेसम्मको समय बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित सरोकार समितिले दिएको छ । निर्णायक आन्दोलन गर्ने बताएको समितिले मागप्रति गम्भीर रहेको भन्दै सरकारबाट पत्र पाएकोले असोज २० गतेसम्म रचनात्मक विरोधका कार्यक्रम मात्रै गर्ने निर्णय गरेको हो ।

असोज १ गतेदेखि फोहोर बोकेका सबै गाडी रोकेर आन्दोलन गर्ने चेतावनी दिएको समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले स्थानीयवासीको मागप्रति सरकार गम्भीर रहेको भन्दै पत्र पठाएका कारण आन्दोलनको स्वरूप परिवर्तन गरेको समितिले जनाएको छ । समितिले गएको जेठ २३ गते काठमाण्डौ महानगरसँग गरेका सहमतिहरू तीन महिनाभित्रमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

असोज २० गतेसम्म पनि माग पूरा नभएमा भने कुनै पनि आश्वासनलाई नमानी परिणाम नआएसम्म आन्दोलन गर्ने समितिले चेतावनी दिएको छ । समितिले सरकारसँग मानवबस्तीरहित ल्यान्डफिल्ड साइट विकास क्षेत्र, फोहरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र निर्णय गरी कार्यान्वयन गर्नुपर्ने र फोहोर विकास प्राधिकरण गठन गर्नुपर्ने गरी चार बुँदे माग रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.