भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

एकै परिवारका तीनसहित चार जनाको हत्या

एकै परिवारका तीनसहित चार जनाको हत्या

काठमाण्डौ । चार जनाको काठमाण्डौको तीनकुने गैह्रीगाउँमा शव फेला परेको छ । एकै परिवारका तीनसहित चार जनाको शवदिव्य फर्निचर मिलभित्र भेटिएको हो । हत्या हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् । दोलखा घर भएका कुमार भुजेल, उनकी श्रीमती अम्बिका र कुमारकी आमा शुभद्रा भुजेल तथा मोरङ घर भएका नवीन राईको शव भेटिएको काठमाडौं प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । घटना राति १२ बजेतिर भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा चार वटा शव फेला परेको र घटनाको अनुसन्धानका लागि काठमाण्डौको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई सोधपुछका लागि पक्राउ गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.