काठमाडौं । मतपरिणाम पूर्ण रूपमा नआउँदै दलहरुले सरकार बनाउने प्रयास गरिरहेका छन् । नेकपा एमालेले माओवादी केन्द्र र नेकपा एस मिलेर सरकार गठन गर्ने प्रस्ताव राखेपछि त्यो सम्भव नभएको नेकपा माओवानी केन्द्रले जनाएको छ ।
‘यथास्थितिमा त्यो सम्भव नभएको’ निष्कर्षमा माओवादी र एकीकृत समाजवादी पुगेका छन् ।गत ८ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत ‘ मिलेर अघि बढ्ने प्रस्ताव राखेका थिए । ओली प्रधानमन्त्री रहेको बेला संविधानविपरीत दुई दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि माओवादी र एकीकृत समाजवादी टाढिए देखि ओलीलाई प्रतिगमनकारी भन्दै आएका छन् ।
त्यसैले पनि यो प्रस्ताव स्वीकार्य नहुने भन्दै प्रचण्डले ठाडो जवाफ दिएका हुन । सोही कारण सहकार्य नगर्ने पक्षमा उनीहरु रहेका छन् । यता एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ‘तत्काल वाम गठबन्धन सरकार बन्ने’ सम्भावना नरहेको बताए ।
