भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

समानुपातिकमा १ करोड मतगणना सकिदा कुन दलको कति ?

समानुपातिकमा १ करोड मतगणना सकिदा कुन दलको कति ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एक करोड मतगणना सकिएको छ । बिहानसम्म १ करोड ८ लाख २ हजार ९ सय ७ मतगणना भएको निर्वाचन आयोगले जनाएको छ । एमाले पहिलो दल बन्‍ने निश्चित छ । एमालेले २६ लाख ९९ हजार ७ सय १८ मत ल्याएको छ भने कांग्रेस २५लाख ५७ हजार ५ सय ९६ मतसहित दोस्रोमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार ३ सय २१ मतसहित तेस्रोमा पछ्याइरहेको छ । माओवादीले १० लाख ७३ हजार ७९ मतसहित चौथो स्थानमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ७ सय ५६ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ८९ हजार १९७ रहेको छ । एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ ।

जनमत पार्टीको मत ३ लाख ९३ हजार ६८२ मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार ३५१ छ । नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ५० हजार ५९ रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ५७ र नेपाल मजदुर किसान पार्टीले ७३ हजार ६ सय ३ मत पाएको छ । अब बाजुरा, स्याङ्जा २, दोलखा र सुनसरी ३ को १ लाख मतगणना बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.