भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

सर्वसाधारणबाट निकालेको मृगौला धनी बिरामीलाई घरमै पुगेर प्रत्योरोपण गर्ने गिरोह पक्राउ

सर्वसाधारणबाट निकालेको मृगौला धनी बिरामीलाई घरमै पुगेर प्रत्योरोपण गर्ने गिरोह पक्राउ

एजेन्सी । मानव अंग तस्करी गर्ने गिरोहका ८ जना पाकिस्तानमा पक्राउ परेका छन् । ३ सय भन्दा बढी व्यक्तिको मृगौला निकालेर धनी मानिसहरुमा प्रत्यारोपण गरेको पक्राउ परेका गिरोहका नाईके फवाद मुख्तारलाई आरोप लागेको छ ।  उनीहरुले सर्वसाधारणबाट निकालेको मृगौला धनी बिरामीलाई घरमै पुगेर प्रत्योरोपण गर्ने गरेको पञ्जाव प्रान्तका मुख्यमन्त्री मोहसिन नक्कीले जानकारी दिए ।

सन् २०१० मा मानव अंगको व्यापारलाई अवैध घोषण गरेको पाकिस्तानमा यस्ता गतिबिधीमा संलग्न जो कोहीलाई १० वर्षको जेल सजायँ र भारी मात्रामा बिगो भराउने कानूनी प्रावधान छ । मुख्तार यसअघि पनि ५ पटक मानव अंग तस्करीमा पक्राउ परिसकेका व्यक्ति हुन् भने उनी प्रत्येक पटक जमानतमा छुट्ने गरेको पाइएको छ ।

यो गिरोहले प्रत्येक मृगौला एक करोड रुपैयाँमा बेच्ने गरेको खुलासा भएको छ । मृगौला निकाल्ने क्रममा ३ जना व्यक्तिको मृत्यु समेत भइसकेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका गिरोह पुर्वी पञ्जाव प्रान्तका साथै पाकिस्तान प्रशासित कश्मिरमा सक्रिय रहेको पाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.