सर्वसाधारणबाट निकालेको मृगौला धनी बिरामीलाई घरमै पुगेर प्रत्योरोपण गर्ने गिरोह पक्राउ

सर्वसाधारणबाट निकालेको मृगौला धनी बिरामीलाई घरमै पुगेर प्रत्योरोपण गर्ने गिरोह पक्राउ image

एजेन्सी । मानव अंग तस्करी गर्ने गिरोहका ८ जना पाकिस्तानमा पक्राउ परेका छन् । ३ सय भन्दा बढी व्यक्तिको मृगौला निकालेर धनी मानिसहरुमा प्रत्यारोपण गरेको पक्राउ परेका गिरोहका नाईके फवाद मुख्तारलाई आरोप लागेको छ ।  उनीहरुले सर्वसाधारणबाट निकालेको मृगौला धनी बिरामीलाई घरमै पुगेर प्रत्योरोपण गर्ने गरेको पञ्जाव प्रान्तका मुख्यमन्त्री मोहसिन नक्कीले जानकारी दिए ।

सन् २०१० मा मानव अंगको व्यापारलाई अवैध घोषण गरेको पाकिस्तानमा यस्ता गतिबिधीमा संलग्न जो कोहीलाई १० वर्षको जेल सजायँ र भारी मात्रामा बिगो भराउने कानूनी प्रावधान छ । मुख्तार यसअघि पनि ५ पटक मानव अंग तस्करीमा पक्राउ परिसकेका व्यक्ति हुन् भने उनी प्रत्येक पटक जमानतमा छुट्ने गरेको पाइएको छ ।

यो गिरोहले प्रत्येक मृगौला एक करोड रुपैयाँमा बेच्ने गरेको खुलासा भएको छ । मृगौला निकाल्ने क्रममा ३ जना व्यक्तिको मृत्यु समेत भइसकेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका गिरोह पुर्वी पञ्जाव प्रान्तका साथै पाकिस्तान प्रशासित कश्मिरमा सक्रिय रहेको पाइएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon