काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमबारका लागि बोलाएको फुलकोर्ट बैठकमा १४ न्यायाधीश सहभागी नहुने भएका छन्।
छलफलै नगरी प्रधानन्यायाधीशले बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरू सहभागी नहुने निर्णय गरेको एक न्यायाधीशले बताए ।
भोलि ११ बजे फेरि बैठक बसेर यसबारे थप निर्णय गरिने न्यायाधीशले बताए । प्रधानन्यायाधीशको बहिर्गमनको पक्षमा सबै न्यायाधीश रहेको दाबी उनीहरुको छ ।
