१३ असार २०७७ काठमाडौं । भोकमरीको किरा भनेर परिचित फट्याङग्रा सलहको नेपालमा प्रवेश भएको छ । तराईका विभिन्न सीमानाकाबाट नेपालमा यसले प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा सलह देखापरेको त्यहाँका किसानले बताएका छन् ।
सलह भारतको विहार सीमाहुँदै हावाको तेज गतिका कारण नेपाल प्रवेश गरेको मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । केन्द्रले अहिले बिज्ञ कर्मचारी खटाएर सलहको टाउको, पेट, एन्टीनाको फोटा खिचेर अनुसन्धान गर्न निर्देशन दिएको केन्द्रका प्रमुख सहदेव हुमागाईले बताए ।
सलहको बथान नै तितरबितर भएर नेपालमा आएकोले केन्द्रले उच्चस्तरीय कार्यदलको बैठक समेत बसेर थप निर्नेशन दिएको छ । अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेपछि सलहको अर्को बथान हिन्द महासागर हुँदै भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि बसेर अहिले नेपाल प्रवेश गरेको छ।
एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर उड्ने सलहको बथानमा चारदेखि आठ करोड हुन्छन् । एक दिनमा करिब १३० किलोमिटरसम्म उड्न सक्ने सलह फट्याङग्राले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने अन्न खाइदिने गरेको अध्यनले देखाएको छ ।
विज्ञहरूका अनुसार सलहले बोटविरुवा, बाली, फलफुल, डाँट, डाँटको बोक्रासमेत खाइदिने भएकाले जहाँ प्रवेश गर्यो त्यस स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको छ । त्यसैले भोकमरीबाट जोगिन किसानलाइ उच्च सतर्क भएर आआफ्नो बालीको रक्षा गर्न पनि कार्यदलले सुझाव दिएको कार्यदलका संयोजक हुमागाईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। २८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु...
काठमाडौँ, २९ असार । विभिन्न भागमा आज हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि घाम लागे पनि...
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक...