भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

के युद्धकै तयारीमा हो त भारत ?

के युद्धकै तयारीमा हो त भारत ?

१३ असार २०७७ बेइजिङ । चीन भारत सीमा लद्दाखस्थित गलवान घाटीमा हालै भएको भारत र चीनबीच तनाव झन झन बल्झीरहेको छ । वार्ताहरू भइरहे पनि भारतले चीनसंग निउ खोजिरहेको छ । सीमामा आफ्नो फौजलाई लगातार उच्काइरहेको छ ।

वास्तविक नियन्त्रणको रेखा (एलएसी)मा हतियार प्रयोग गर्न निषेध गरिएको भएपनि सन् १९९६ को सम्झौतामा उल्लेख भएका सर्तहरु उलंघन भएका छन् । भारतको बद्मासीपूर्ण चाल बुझेर चीनले पनि आफ्ना सैनिक थप तालिम र भर्ना खोलेको जनाएको छ।

परम्परागत युद्धमा माहिर तिब्बतीलाई पनि सेनामा भर्ना खोलेर तयारी गरिरहेको तर आफुले युद्ध नचाहेको जनाउदै चीनले परिआएको खण्डमा दनक दिएर छाड्ने संकेत देखाएको छ । लट्ठी, भाला, डन्डा तथा रडले युद्ध गर्न सिपालु चीनी सैनिकले यहि कलाका कारण भारतीय सैनिकलाई लदाखमा चुँ सम्म बोल्न नदिएर २० जनाको ज्यान लगेको थियो ।

चीनले अब अमेरिकाको आडमा भारतले निहुँ खोजिरहे चुपलागेर बस्न नसकिने बताएको पिपुल्स डेलीको रिपोर्टमा जनाएको छ । भारत र चीनले दुवै देशबीचको आपसी विश्वास बढाउन सन् १९९६ र सन् २००५ मा सम्झौताहरू गरेका थिए । सम्झौतामा दुवै देशका सैनिक गस्तीको समयमा आमनेसामने भए पनि गोली चलाउन निषेध गरिएको थियो ।

दुवै देशका सेनाले गस्तीको समयमा एलएसीको दुई किलोमिटरसम्म आफ्नो राइफलको ब्यारललाई जमिनतिर झुकाएर राख्नुपर्ने नियम छ । बिनासूचना एलएसीको १० किलोमिटरभित्र दुवै देशका सैन्य विमानको उडानलाई पनि प्रतिबन्ध लगाइएको थियो । जुन सम्झौताका कारण सन् १९७५ यता एलएसीमा शान्ति कायम छ ।

आजसम्म दुवै देशबीच त्यस्तो घटना पनि घटेको छैन । तर, अहिले उक्त सम्झौताविपरीत कदम चालिएको भन्दै भारतले दोषारोपण गरिरहेको छ । भारतले चीनमाथि युद्ध गर्न हतियार चलाउन आदेश दिएको र थप हतियार किन्न लागिपरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चीनले पनि सीमामा धेरै तोप, ट्यांकर र अन्य हतियारसहित परिआए जवाफी कारबाही गर्न तयारी अवस्थामा राखेको छ । भारतले सीमा नजिक स्थल र वायु सेना तैनाथ गराएको छ । भारतले नौसेनालाई पनि हिन्द महासागर क्षेत्रमा गस्तीमा खटाएको जनाएको छ ।

एजेन्सीको सहयोगमा

 


Thali Mobile Pvt.Ltd.