२० असार २०७७ काठमाडौं । महामारीकै बेला अर्को महामारीको रुपमा देखिएको सलह किराको आतङ्कले त्रसित बनाएको छ । नेपालमा सलहको आतङ्क थपिदै गएको छ । तर सलहलाई नै छोपेर फराइ गरी खाने नेपाली पनि दाङमा भेटिएका छन् ।
कोरोनाले भाइरसको महामारीले मानिसको ज्यान लिइरहेको छ भने सलह किरालाई मिठो मानेर खाइरहेको दृश्यले विज्ञको ध्यान केन्द्रित बनेको छ । सलहलाई भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका दृश्य सामाजिक संजालमा धेरै आएकाले यो खानु हुन्छ कि हुदैन भन्ने दुविधाका बीच विज्ञले दुईथरी धारणा राखेका छन् । कतिपयले खान हुन्छ भनेका छन् भने कतिपयले खान हुदैन भनेका छन् ।
त्रिभुवन विश्वविद्यालयका कीटविज्ञले भने सलहमा उच्च प्रोटिन हुने भएकाले खानु हुने बताएका छन् । नेपालको परम्परागत समाजमा यस्ता कीरा खाने चलन रहेको भन्दै डा. प्रेमबहादुर बुढाले उड्ने कीरा भएकाले विषादीको असर नरहने दाबी गरेका छन् । नेपालमा आएको सलह तेस्रो जेनेरेसनको भएको भन्दै उनले भाइरसजन्य सङ्क्रमणको सम्भावना न्यून रहेको बताए । तर कतिपय विज्ञले भने मानिसले खान नहुने तर कुखुरा र हाँसका लागि दानाका रूपमा प्रयोग गर्न सकिने बताएका छन् ।
सलह खाएर अन्भव बटुलेकाहरू यस्तो भन्छन्…
तीन दिन देखि सलह खान लागेको छु । लगातार चार छाक खाएको छु । कुनै अफ्ठेरो महशुस गरेको छैन । खाएको केही समय पेट अरिलो हुन्छ । टन्न अघाएको महशुस गराउँछ । धेरैले यसको स्वादका बारेमा जिज्ञासा राख्नुभएको छ । यस्तै हुन्छ भन्न सकिँदैन । धाने फट्याँग्रा खाएकालाई त्यति तिख्खर लाग्दैन ।
नेपालमा प्रवेश गरेको दिन देखिनै स्वास्थ्य क्षेत्रका विज्ञहरुले सलहमा अत्याधिक प्रोटिन र कार्वोहाइडेड पाइन्छ भन्नुभयो । मान्छेले खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ भन्ने उहाँहरुको भनाईले मलाई निकै उर्जा दियो । आयो भने जसरी पनि खान्छु भन्ने मानसिकता बनाएँ । मलाई जात धर्मका कारणले कुनैपनि मासु खान अहिलेसम्म रोकेको छैन ।
नभन्दै आफ्नै घर क्षेत्रका बारीमा आएर सलह बसेको रहेछ । मैले खाने हो भनेपछि घरमा छोपेर राखेछन । अफिसबाट फर्किदै गर्दा बाटोमा कसकसको घरमा छ भनेर खोज्दै गएँ । साली विमलाको घरमा पाकेको रहेछ । त्यही खाएँ । अनि घरमा गएको भर्खरै पखेटा केलाउँदै रहेछन ।
त्यतिबेर पनि पर्खिन सकिन, कपडा बदलेर फेरि सालीकै घरमा पुगेर धेरै वटा सलह कपाकप खाएँ । कुनै खास स्वाद नभएर पनि हुन सक्छ धेरैवटा खाँदा पनि धित मरेन । त्यसपछि नजिकै छिमेकी सुशीलाको घरमा गएँ । त्यहाँ पनि भर्खर फ्राई गरेर उतारेको फेला पारेँ । खानुस भन्नुभयो । फोटो खिच्दै खाएँ । त्यहाँ खाने अलि धेरैजना थियौ । केहीले खान डर मानेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...