काठमाडौं । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ । अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो । अध्यक्षले प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता पाउने व्यवस्था छ भने सदस्यले राजपत्रांकित द्वितीय श्रेणी उपसचिवसरह सुविधा पाउनेछन् । आयोगको जिल्ला समिति गठनसम्बन्धी मन्त्रिपरिषद्को माघ १५ गतेको निर्णय सोमबार राजपत्रमा प्रकाशन भएको हो ।
प्रदेश १
इलाम ओमनारायण खनाल, प्रकाश अधिकारी र हेमन्त राई,
झापा प्रेमबहादुर गिरी, राधाकृष्ण खनाल र मदनप्रसाद अधिकारी क्रमशः अध्यक्ष, विज्ञ र सदस्य चयन भएका छन्।
सुनसरी खेमराज पोखरेल, सूर्यकुमार राई, बद्रीनाथ घिमिरे,
मोरङ दिलबहादुर राई, नवीन पौडेल, मोहन तुम्वोपा,
पाँचथर करुणा राई, जयप्रकाश केरुङ, देवीप्रसाद कोइराला,
ताप्लेजुङ लक्ष्मीबहादुर यक्सो, प्रकाश इवारम, कमलप्रसाद गुरागाईं,
धनकुटा नैनबहादुर विक, सावित्रा राई, दीपक बुढाथोकी चयन भएका छन्।
तेह्रथुम किशोरचन्द्र दुलाल, रामचन्द्र थपलिया, धर्मराज खुलाल,
संखुवासभा वीरेन्द्र केसी, वेदकुमारी रिमाल र विपिन तामाङ, भोजपुरमा देवीराम चौलागाईं, ईश्वरमान राई र केशवबहादुर राई,
ओखलढुंगा शंकरबहादुर कटवाल, विजयकुमार बस्नेत र रामकुमार अछामी थापा मगर,
खोटाङ हरिप्रसाद पोखरेल, खेमराज राई र दिलकुमारी राई,
सोलुखुम्बु रामकाजी श्रेष्ठ, कुन्जाङ शेर्पा र मोहनकुमारी कार्की,
उदयपुर गोपालबहादुर खत्री, दुर्गानन्द चौधरी र कान्ताकुमारी राई मनोनयन भएका छन्।
प्रदेश २
सप्तरी देवनारायण चौधरी, जयप्रकाश ठाकुर र जितकुमारी पौडेल,
सिरहा गंगाप्रसाद यादव, उदयकुमार साह र सम्झना थपलिया,
महोत्तरी राजेन्द्र साह तेली, कृष्णप्रसाद बराल र चन्द्रलाल केपछाकी,
धनुषा रामचरित्र शाह, दुर्गाहरि ग्यावा तामाङ र गीताकुमारी साह,
सर्लाही राजकुमार राय यादव, सुरेशकुमार साह, संजिता घिमिरे उप्रेती,
रौतहट उद्धवप्रसाद रेग्मी, राजेशकुमार साह र विनादेवी, बारा अम्बिकाप्रसाद चौलागाईं, उमेशप्रसाद साह र चयन गुरुङ,
पर्सा विनादेवी शर्मा, शिवजीप्रसाद कानु र विमल पौडेल क्रमशः अध्यक्ष, विज्ञ र सदस्य मनोनीत भएका छन्।
बागमती प्रदेश
रसुवा शम्भु गुरुङ, सुष्मा न्यौपाने र विष्णुप्रसाद पौडेल, नुवाकोट विन्दा ढुंगाना, बलराम आचार्य र नारायण घिमिरे, धादिङ रामहरि अधिकारी, सञ्जय दुवाडी र गंगादेवी श्रेष्ठ, चितवनमा यादवप्रसाद पाठक, शान्तराज आचार्य र महादेवी शर्मा,
मकवानपुर रामेश्वर राना मगर, तुलसीप्रसाद रिजाल र प्रतिमा श्रेष्ठ,
सिन्धुली कुमारबहादुर कार्की, नवराज थिङ र विष्णुकुमारी पाण्डे,
रामेछाप तुलप्रसाद कँडेल, गंगादेवी कार्की, भोजराज कडेरिया,
दोलखा धमेन्द्र मोक्तान, बद्रीबहादुर बुढाथोकी र गोमा केसी,
सिन्धुपाल्चोक बालकृष्ण देउजा, भगवती अधिकारी, शम्भु सापकोटा, काभ्रेमा रामकृष्ण हुमगाई (शर्मा), जेन लामा र अम्बिका ठकुरी,
भक्तपुर मोहनवीर श्रेष्ठ, अनिलकुमार श्रेष्ठ र उत्तरा नेपाल, ललितपुर मधुसूदन पौडेल, सरोजकुमार विष्ट र चतुर व्याञ्जनकारनी,
काठमाडौं रामशरण ढुंगाना, मीना रेग्मी, सत्यनारायण डंगोल तोकिएका छन्।
गण्डकी प्रदेश
मनाङ मनबहादुर गुरुङ, नन्दा गुरुङ र ममता गुरुङ, स्याङ्जा उदय श्रेष्ठ, ताराकुमार विश्वकर्मा र भगवती शर्मा, म्याग्दी खुमबहादुर बानियाँ, दिवाकुमारी तिलिजा पुन र पुष्कर विक,
मुस्ताङ रमेशकुमार भट्टचन, छेवाङरिन्जिङ गुरुङ र विशाल विक,
बागलुङ कृष्णप्रसाद पाठक, रुद्रप्रसाद पौडेल र दिवस खत्री
गोरखा सुरेन्द्रबहादुर थापा, विराज गुरुङ, कमलदानी क्षेत्री, पर्वत देवेन्द्रराज पाण्डे, बिन्दु अधिकारी, जीवलाल बसेल, तनहुँ दधिराज सुवेदी, दीर्घराज दरै र शान्ति कुँवर,
लम्जुङ मोहनहरि पौडेल, सुभाष पौडेल र लोककुमारी अधिकारी,
नवलपरासी कृष्णप्रसाद घिमिरे, रामकृष्ण ढुंगाना र जोगमाया महतो,
कास्की दामोदर पौडेल बैरागी, सुशीला पौडेल र दानबहादुर बानियाँ अध्यक्ष, विज्ञ र सदस्य चयन भएका छन्।
लुम्बनी प्रदेश
रुपन्देही बलबहादुर आचार्य, कृष्णबहादुर कुँवर र गंगा कार्की,
कपिलवस्तु कृष्णप्रसाद पौडेल, अब्दुल माबुखाँ र मञ्जु चौधरी,
दाङ शिवकुमार आचार्य, रेमन्त चौधरी र हेमराज पुन मगर,
बर्दिया भीमबहादुर केसी, नूतनकुमार चौधरी र भक्तबहादुर विक,
प्युठान मोहनबहादुर जिसी, रामबहादुर केसी र विष्णुबहादुर केसी,
गुल्मी टीकाराम ढकाल, शान्ता पोखरेल, कृष्ण घिमिरे, अर्घाखाँची कृष्णबहादुर भुसाल, तुल्सीराम मिश्र र शिवकला विक,
पाल्पा एकप्रसाद भण्डारी, भोजराज पोखरेल, दुर्गादेवी राना, रोल्पामा प्रेमबहादुर घर्ती, कृष्णकुमारी गौतम र लोकेन्द्र घर्ती,
रूकुम (पूर्व)मा सतमान पुन, गोपाल रेउले र केशकुमारी तुलाचन,
बाँके शान्ति ढकाल, तेजकुमार धिताल र गोपाल गिरी, नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) विमला अर्याल, बद्री श्रेष्ठ र कृष्णप्रसाद पौडेल अध्यक्ष, विज्ञ र सदस्य मनोनयन भएका छन्।
कर्णाली प्रदेश
मुगुमा सोनाम छिरिङ लामा, डबलबहादुर रोकाया र अशोकलाल बुमी,
डोल्पा धनचन्द्र बैजी, सन्तोषबहादुर शाही र काली चलाउने, कालिकोट धीरबहादुर बम, रमेश नेपाली र राजेन्द्रबहादुर थापा,
जाजरकोट नवराज सिंह, विश्वविक्रम शाह र राजेश्वरी सिंह,
सल्यान लोकबहादुर डाँगी, कविराम चन्द र कुन्ती बस्नेत,
हुम्ला प्रकाशबहादुर सुनार, बुधे भण्डारी, याङजु रोकाय,
जुम्ला धीरेन्द्रराज गिरी, सुमन आचार्य, हंस रोकाय,
दैलेख सूर्यबहादुर शाही, तेजबहादुर चन्द, तप्पकुमारी खड्का,
रुकुम(पश्चिम) नारायण शाह, तुलसा मल्ल, मिश्रीलाल पुन,
सुर्खेत ऐनबहादुर चन्द, डम्बरबहादुर गंजा मगर र नन्दा गुरुङ पदाधिकारी चयन भएका छन् ।
सुदूरपश्चिम प्रदेश
बाजुरा रामलाल कार्की, प्रसाद पाध्याय र कर्मकला रोकाया, कञ्चनपुर कुमारी कमला बोहरा, किशोरकुमार लिम्बू र रमेशदत्त भट्ट,
कैलाली दीपकप्रसाद देवकोटा, दुजराम चौधरी र बलबहादुर महता,
डडेलधुरा पदमराज जोशी, अमरबहादुर पुन र ताराकुमारी कार्की,
अछाम कटकबहादुर साउद, भीमबहादुर जनाला र प्रगति थापा रावल,
दार्चुला रामदत्त जोशी, लक्ष्मीकुमारी लुहार र खिमानन्द भट्ट, डोटी गणेशबहादुर विष्ट, झलकबहादुर पाली र देशरत्न डाँगी,
बझाङ कलकबहादुर खड्का, लोकेन्द्रबहादुर सिंह, शारदाकुमारी विक,
बैतडी नरेशकुमार विश्वकर्मा, जगदीशसिंह नायक र जानकी अवस्थी मनोनीत भएका छन्।
चैत ९ गतेको मन्त्रिपरिषद् बैठकबाट देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगले ४ सय १ स्थानीय तहसँग सम्झौता गरी काम अगाडि बढाएको छ। भूमिहीनलाई जग्गा दिने दायित्वसाथ जिम्मेवारी दिएको बताइएकाे छ ।
