भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सही विवरण उपलब्ध गराएर जनगणनामा सहभागि हुन प्रधानमन्त्री देउवाको अनुरोध

सही विवरण उपलब्ध गराएर जनगणनामा सहभागि हुन प्रधानमन्त्री देउवाको अनुरोध

काठमाडौं । राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकमा अनुरोध गरेका छन्। आजबाट राष्ट्रिय जनगणना सुरू भएको छ । सोही अवसरमा भिडिओ सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले यस्तो अनुरोध गरेका हुन् ।

देउवाले भने, ‘देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणना २०७८ आजबाट सुरु हुँदैछ । जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकास मार्गचित्र तय गर्दैछ । त्यसैले सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्न अनुरोध गर्दछु ।’

गणकले सोधेका प्रश्नहरूको सही जवाफ दिन देउवाले आग्रह रेका छन् । सूचना गोप्य रहने भन्दै सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन २०१५ बमोजिम काम गरिने बताए । आ आफ्नो घरमा आउने गणकहरुलाई सही विवरण दिन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गरेका हुन । जनगणना तथ्यांक ७५३ स्थानीय तहको ६ हजार ७४२ वटै वडाको छुट्टाछुट्टै अभिलेख राखिने समेत जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.