काठमाण्डौ । हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि उनीहरुले सामूहिक राजीनामा दिएका हुन ।
हिजो बेइजिङले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित गरेको थियो । त्यसलगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् । चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ ।
हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ । हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए । उनीहरुमध्ये चारजनालाई बर्खास्त गरिएको र बाँकीले सामूहिक राजीनामा दिएका विविसीले जनाएको छ । ।
