भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

सांसदहरु नीति निमार्ता भएकोले निर्माणको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छः प्रमुख प्रजापति

सांसदहरु नीति निमार्ता भएकोले निर्माणको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिनुपर्छः प्रमुख प्रजापति

भक्तपुर । सांसदहरु नीति निमार्ताहरु भएको हुँदा निर्माणको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्नेमा भनपाका प्रमुख सुनिल प्रजापतिले जोड दिएका छन् । संघ र प्रदेशले स्थानीय आवश्यकताअनुसार प्राथमिकताको आधारमा स्थानीय तहमा बजेट निकासा गर्नुपर्ने उनको भनाई छ ।

जिल्ला समन्वय समिति भक्तपुरले बोलाएको तेस्रो जिल्ला सभा बैठकमा नगर प्रमुख प्रजापतिले जिल्ला समन्वय समिति भक्तपुरको औचित्यतामाथि प्रश्न समेत उठाए । प्रस्तुत नीति तथा कार्यक्रम एनजीओ÷आइएनजीओहरुको प्रतिवेदन जस्तो भएको टिप्पणी गर्दै उनले निजीकरणको पक्ष लिनेहरु समाजवादी हुन नसक्ने ठोकुवा गरे ।

देशलाई समाजवादउन्मुख दिशामा अगाडि बढाउन जनप्रतिनिधिहरु लाग्नुपर्ने भन्दै प्रजापतिले भक्तपुरको चारवटा नगरपालिकालाई कोषमा रहेको रकम समान रुपमा निकासा गर्नुपर्ने र सभाको नीति तथा कार्यक्रममा भक्तपुर नपाको निम्ति सञ्चित कोषबारे उल्लेख नुहुनुको कारणबारे प्रश्न गरे ।

जिसस बैठकबाट पारित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यक्रमका सभापति जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलालले नीति तथा कार्यक्रममा संका नगर्न अनुरोध गरे । बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, सूर्यविनायक नपाका प्रमुख बासुदेव थापा, सूर्यविनायक नपाका उपप्रमुख बीणा बास्तोला, तेस्रो जिल्ला सभाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले स्वागत गरेकी थिइन भने जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेले जिसस भक्तपुरको योजना, बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले असहमति जनाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.