भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सांसद्‌को शपथअघि सर्वदलीय बैठक

सांसद्‌को शपथअघि सर्वदलीय बैठक

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका २७४ जना सांसदहरुको शपथअघि सर्वदलीय बैठक बस्ने भएको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरको शंकरहलमा मध्याह्न १२ बजे बैठक शुरु हुनेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटै दल सहभागी हुने बताइएको छ ।

प्रतिनिधिसभाका सदस्यहरूको शपथ गराउनेबारे जानकारी बाहेक कुनै छलफल नहुने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । त्यसपछि दिउँसो १ बजे प्रतिनिधिसभाका अन्य २७४ जना नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ खुवाउने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिले संसद् बैठक आह्वान गरेपछि सभामुखको चुनाव नहुन्जेलसम्म जेष्ठ सदस्यले नै बैठक सञ्चालन गर्ने संवैधानिक व्यवस्था रहेको छ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.