भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

सांसद्‌को शपथअघि सर्वदलीय बैठक

सांसद्‌को शपथअघि सर्वदलीय बैठक

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका २७४ जना सांसदहरुको शपथअघि सर्वदलीय बैठक बस्ने भएको छ । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएपछि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरको शंकरहलमा मध्याह्न १२ बजे बैठक शुरु हुनेछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटै दल सहभागी हुने बताइएको छ ।

प्रतिनिधिसभाका सदस्यहरूको शपथ गराउनेबारे जानकारी बाहेक कुनै छलफल नहुने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । त्यसपछि दिउँसो १ बजे प्रतिनिधिसभाका अन्य २७४ जना नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ खुवाउने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिले संसद् बैठक आह्वान गरेपछि सभामुखको चुनाव नहुन्जेलसम्म जेष्ठ सदस्यले नै बैठक सञ्चालन गर्ने संवैधानिक व्यवस्था रहेको छ । पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने छ ।

 


Thali Mobile Pvt.Ltd.