काठमाडौं । अब सांसद खरिद–बिक्री बढ्ने र देशमा अस्थिरता कायम हुने चिन्ता जनतामा बढेको नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेमसुवालले बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले यस्तो विचार व्यक्त गरेका हुन । सुवालले भने, ठूला दलहरूले साना दललाई निषेध गर्न संविधान र प्रजातन्त्रविपरीत तीन प्रतिशत मत सीमाको कानुनी व्यवस्था गरे । तर, साना दललाई मन्त्री बनाउने पनि ठूला दल नै थिए ।
अहिले ठूला दलहरूको सरकार छ तर अस्थिरता उस्तै छ । अहिले पुष्टि भयो–प्रजातान्त्रिक मान्यताविपरीतको तीन प्रतिशतको मत सीमा खारेज नगरिएसम्म प्रजातन्त्र बलियो हुनेछैन ।” कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको नेपाली भूमिमा नेपालले कहिल्यै दाबी नउठाउने र एमसीसी सम्झौता पारित गर्ने सर्तमा भारतको संलग्नतामा प्रतिनिधिसभा पुनःस्थापना गराइएको अनुमान गरिएको चर्चा चलेको सांसद सुवालले उल्यख गरे ।
देशघाती काम नेपाली जनतालाई कदापि स्वीकार नहुने भन्दै सुवालले भने, “अब नेपालमा भारत अनुकलूको सरकार गठन हुने पनि बताइयो । सिक्किममा लेण्डुप दोर्जेले पनि भारत अनुकूलको संसद् र सरकार बनाएका थिए । परिणाम सिक्किम भारतमा विलय भयोे । यस्तो देशघाती काम नेपाली जनतालाई स्वीकार्य छैन ।”
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…
