भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सांस्कृतिक क्रान्ति सुरु गर्ने दाउमा माओवादी केन्द्र

सांस्कृतिक क्रान्ति सुरु गर्ने दाउमा माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांस्कृतिक क्रान्ति आफूबाटै सुरु गर्ने बताएका छन्। मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीसँग प्रचण्डले सांस्कृतिक क्रान्तिलगायत सवै कुरा महाधिवेशन स्थलबाटै सुरु हुने बताएका हुन। उनले त्यसका लागि फिल्डमा जाने उल्लेख गरे।

कार्यक्रम स्थलमा कुरा गर्दै नेता मातृका यादवले नेतृत्व बिग्रनुमा नेताहरु सबै दोषी भएको दावी गरे । अब पहिले नेतृत्वले समीक्षा गर्ने बेला भएको बताए । अध्यक्ष प्रचण्डमात्र रुपान्तरण भएर नपुग्ने भन्दै यादवले सवै नेताहरु त्यसका लागि तयार हुनुपर्ने बताए ।

केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने जानकारी दिएका यादवले महाधिवेशन २ दिन लम्बिने जानकारी दिए । विहीबारसम्म समूहगत छलफलको प्रस्तुति सकिने छ भने महाविधेशन यही पुस १६ सम्ममा समापन हुने माओवादी केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.