भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

साउदी राजदूतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोलायो

साउदी राजदूतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोलायो

काठमाडौं । साउदी राजदूतलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोलाएको छ । शैक्षिक प्रमाणपत्र वैदेशिक रोजगारीमा जाने कामदारका लागि अनिवार्य गरिएकोबारेको बारे बुझ्न मन्त्रालयले साउदी राजदूत साद अबुहैमेदलाई बोलाएको हो । दूतावासको उक्त निर्णयप्रति नेपालमा चर्को विरोध भइरहेको छ । व्यवसायीहरूले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

दुवै मन्त्रालयले कुटनीतिक पहलबाट उक्त निर्णय कार्यान्वयन नगराउन प्रयत्न थालेका छन् । उक्त निर्णयबारे बुझ्न राजदूतलाई बोलाइएको मन्त्रालय स्रोतले जनाएको छ । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रयोजनको लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । भिसाबारे जानकारी सहज हुने भन्दै दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.