भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सात दिनभित्र सम्पर्कमा आउन १२ प्रहरीलाई आग्रह, सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी

सात दिनभित्र सम्पर्कमा आउन १२ प्रहरीलाई आग्रह, सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गरेको प्रवक्ता विष्णु केसीले बताए ।

उनीहरुलाई ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिएको छ । प्रहरी जवान राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धबिर तामाङ र मुस्कान बान्तवा सम्पर्क विहिन रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विकलाई पनि सम्पर्कमा आउन सात दिने म्याद दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.