काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरी जवानलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गरेको प्रवक्ता विष्णु केसीले बताए ।
उनीहरुलाई ७ दिनभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिएको छ । प्रहरी जवान राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धबिर तामाङ र मुस्कान बान्तवा सम्पर्क विहिन रहेको कार्यालयले जनाएको छ ।
त्यस्तै विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विकलाई पनि सम्पर्कमा आउन सात दिने म्याद दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
