काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा आज नेपाल यूएईसँग भिड्दै छ । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।
दोस्रो सेमिफाइनल खेल पनि आजै हुनेछ । दुवै सेमिफाइनल खेल आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा एकै समयमा हुने बताइएको छ ।
यूएईलाई हराए नेपालले विश्वकप खेल्नेछ । आजको खेल जित्ने दुई देश फाइनल प्रवेश गर्नेछन् । फाइनल खेल्ने दुवै टिम विश्वकपका लागि छनोट हुने छन् ।
