भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

सात वर्षपछि क्लब विश्वकपको च्याम्पियन बार्यन म्युनिख

सात वर्षपछि क्लब विश्वकपको च्याम्पियन बार्यन म्युनिख

काठमाडाैं । जर्मन क्लब बार्यन म्युनिखले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । मेक्सिकन क्लब टिग्रेसलाई पन्छाउँदै बार्यनले दोस्रो पटक उपाधि आफ्नो नाममा गरेको हो । फाइनलमा टिग्रेसलाई एक शून्यको झिनो अन्तरले हराउँदै बार्यनले सात वर्षपछि क्लब विश्वकपको उपाधि चुम्यो । बार्यनले समग्रमा क्लब विश्वकपको उपाधि दोस्रो पटक जितेको हो । कतारको दोहामा भएको फाइनलमा मेक्सिकन टिग्रेसलाई हराउनका लागि बार्यनका तर्फबाट एकमात्र गोल पाभार्डले गरे ।

५९औँ मिनेटमा पाभार्डले गरेको गोललाई रेफ्रीले अस्विकार गरेपनि भिएआरको सहायताले मान्यता पाएको थियो । यसअघि, खेलको १८औँ मिनेटमा जोस्वा किमिचले बार्यनका लागि गोल गरेका थिए । तर, उक्त गोललाई भिएआरको सहायतामा मान्यता दिइएन । जसका कारण पहिलो हाफ गोलरहित बराबरी भएको थियो । क्लब विश्वकपको उपाधिसँगै बार्यनले पछिल्लो नौ महिनामा छैटौँ उपाधि जितेको छ ।

यस अवधिमा बार्यनले युइएफए सुपर कप, जर्मन सुपर कप, बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कपको उपाधि जितिसकेको छ । बार्यनको जितसँगै युरोपियन च्याम्पियनले क्लब विश्वकपको उपाधि जितेको यो लगातार आठ वर्ष भएको छ । अघिल्लो सिजनमा लिभरपुलले यो प्रतियोगिताको उपाधि जितेको थियो ।

 


Thali Mobile Pvt.Ltd.