भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

सानोठिमी तेक्वान्दो डोजाङ्गमा जूनियर ग्रेडिङ प्रमाण–पत्र वितरण सम्पन्न

सानोठिमी तेक्वान्दो डोजाङ्गमा जूनियर ग्रेडिङ प्रमाण–पत्र वितरण सम्पन्न

सानोठिमी । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ सानोठिमी तेक्वान्दो डोजाङ्गमा तेक्वान्दो प्रशिक्षण प्ररिक्षार्थीहरूको जूनियर ग्रेडिङ प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

सानोठिमी तेक्वान्दो डोजाङ्ग मध्यपुरथिमी नगरपालिका– २ को आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि PWECAN का CEO, नेपाल प्रोफेशनल रेस्लिङका संस्थापक भरत बहादुर बिशुरालले खेलकुदमा राज्यले लगानी गर्नु पर्ने बताए ।

खेलाडीको क्षेमता विकास मा ध्यान दिन स्थानीय सरकारको पनि दायित्व भएकाले यसमा सबैको हातेमालो हुनु पर्ने बताए । यस्तै खेलकुदको विकास गर्न खेलाडीले आफ्नो स्वास्थ्यलाई पनि विकास गरेर लैजानु पर्ने बताए ।

कार्यक्रममा भक्तपुर जिल्ला टेकवान्दो संघका अध्यक्ष इन्द्र चित्रकारले खेलकुदको विकास नभए राष्ट्रको विकास पनि असम्भव हुने धारणा राखे ।

कार्यक्रममा खेलकुद क्षेत्रको विकासलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्नु पर्ने सरोकारवालाले बताए । प्रमाण पत्र वितरणसंगै मायाको चिनो पनि वितरण गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.