भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको लगानी हुनु पर्छ

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको लगानी हुनु पर्छ

काठमाडौं । वर्तमान युग विज्ञान र प्रविधिको युग भएकाले वैज्ञानिक आविष्कारको क्षेत्र नबढाइ नेपालको विकास नहुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

बालुवाटारस्थित निवासमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यसको विकास अपरिहार्य भएको बताएका हुन् ।

विज्ञान प्रविधिको विकासका लागि विद्यमान ऐनमा देखिएका समस्या समाधान गरेर भएपनि अघि बढ्ने आश्वासन दिदै प्रधानमन्त्री प्रचण्डले विना हिचकिचाहट काम गर्न राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख पुनलाई अनुरोध गरे ।

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको लगानी हुनु पर्ने पुनले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपाल निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

भेटमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायत सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.