भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

सामाजिक अपराध नियन्त्रण गर्न सबै नागरिक जागरुक हुनुपर्छ : मेयर तर्क बडुवाल

सामाजिक अपराध नियन्त्रण गर्न सबै नागरिक जागरुक हुनुपर्छ : मेयर तर्क बडुवाल

दैलेख । आठबीस नगरपालिकाका मेयर तर्क बहादुर बडुवालले हिंसा जन्य घटनाहरूलाई नियन्त्रण गर्न सबै नागरिक सचेत ढंगले लाग्नु पर्ने बताएका छन् । साइबर अपराध,मानव बेचबिखन, लागूऔषध, आत्महत्या, जबर्जस्ती करणी, बाल यौन दुरूपयोग र बालबिवाह नियन्त्रण सम्बन्धी मंगलबार इलाका प्रहरी कार्यालय राकम कर्णालीले गरेको साझेदारी कार्यक्रममा मेयर बडुवालले समाजमा अपराध हुन नदिन सबै नागरिक सचेत ढंगले लाग्नुपर्ने बताएका हुन ।

लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।

साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्‍याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।

कार्यक्रममा कक्षा १२ मा अध्ययनरत कालिका उच्चमांविं सिहासैनका विद्यार्थी , दिप मां विं पिपल्कोट र कालिका उच्च मां विं तिलेपाटाका विध्यार्थीहरू,जनज्योति माध्यमिक विद्यालय राकमका विद्यार्थीहरुलाई अपराध नियन्त्रण गर्न अभिमुखि करण कार्यक्रम समेत गरिएको छ । कार्यक्रममा जनज्योति माध्यमिक विद्यालय राकमका प्रधानाध्यापक खड्गराज शर्माले अपराध नियन्त्रण गर्न सबै लाग्नु पर्ने बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.