भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

एमसीसी र संघीयता खारेज गर्नुपर्छः सांसद पाैडेल

एमसीसी र संघीयता खारेज गर्नुपर्छः सांसद पाैडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले संघीयता मुलुकका लागि आर्थिक बोझ भएको बताएकी छिन् । नेपालजस्तो विकासउन्मुुख देशमा संघीयताले आर्थिक बोझ बढाएकाले संघीयतालाई खारेज गर्नुपर्ने बताएकी हुन् ।

बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले उक्त कुरा बताएकी हुन् । त्यस्तै सांसद पौडेलले विदेशी सहयोग र अनुदान देशको आर्थिक विकासका लागि स्वीकार गर्न सकिने तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाधिनता, स्वभिमान र राष्ट्रिय अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने उल्लेख गरिन् ।

त्यसैगरी सांसद पौडेलले एमसीसीबाट देशको राष्ट्रियता, असंलग्न परराष्ट्र नीति र बृहद राष्ट्रिय हितमा समेत गम्भीर आँच पुग्ने बताउँदै त्यसलाई खारेज गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन, ‘अन्यथा दुरगामी र दुष्परिणाम हुनेछ ।’

 


Thali Mobile Pvt.Ltd.