भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

सामाजिक सद्भाव खल्बलिनसक्ने भन्दै धरानमा निषेधाज्ञा जारी

सामाजिक सद्भाव खल्बलिनसक्ने भन्दै धरानमा निषेधाज्ञा जारी

सुनसरी । धरानमा निषेधाज्ञा जारी भएको छ । सुनसरीको स्थानीय प्रशासनले जिल्ला सुरक्षा समितिको बैठकबाट शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका निषेधाज्ञा जारी भएको हो । धरान प्रवेश गर्ने नाका तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ ।

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा र सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको बताएको छ।

सामाजिक सद्भाव खल्बलिनसक्ने कुरालाई ख्याल गरेर प्रशासनले निषेधाज्ञा जारी गरेको उल्लेख गरिएको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आपसी सद्भाव कायम राख्न अपिल गरेका छन् । जारी निषेधाज्ञमा धरान उपमहानगरपालिका भित्र सामाजिक, धार्मिक, राजनीतिक सभा र सम्मेलन नगर्न भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.