भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सार्वजनिक स्थलमा भेला, सभा समारोह र जमघट गर्न नपाइने

सार्वजनिक स्थलमा भेला, सभा समारोह र जमघट गर्न नपाइने

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि सरकारले एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषद बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।

महामारीको तेस्रो लहर सुरु भइसकेको अवस्थामा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन जारी गरेको आदेशमा आगामी माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेण्ट स्टोरहरू एक पटकमा २५ जनाभन्दा बढी भीड नहुने गरी सञ्चालन गर्नुपर्नेलगायत विषय समावेश गरिएका छन् ।

सबै सार्वजनिक क्षेत्रमा स्वास्थ्य मापदण्ड कडाइसाथ पालना गर्न आदेशमा भनिएको छ । कलेज तथा स्कुलको नियमित पठनपाठन भर्चुअल माध्यमबाट गर्न प्रोत्साहित गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.