सिद्धान्त र बुद्धि विलासिता र पैसामा बिकाउने वस्तु होइन : अध्यक्ष गोसाई

सिद्धान्त र बुद्धि विलासिता र पैसामा बिकाउने वस्तु होइन : अध्यक्ष गोसाई

भक्तपुर । नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले सिद्धान्त र बुद्धि विलासिता र पैसामा बिकाउने वस्तु नभई आत्मनिर्भरताको आधार भएको बताएका छन् । नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिले नेमकिपाको ४९ औं स्थापना दिवसको अवसरमा समसामयिक विषयवस्तुमा गरेको प्रवचन कार्यक्रममा आइतबार अध्यक्ष सरोजराज गोसाईले उक्त कुरा बताएका हुन ।

नेपाल प्रँध्यापक समाजका अध्यक्ष गोसाईले प्रँध्यापकहरुले ‘जनताको सेवा गर’ भन्ने माक्र्सवादको सारलाई आत्मसात गर्दै जनतालाई सरल रूपमा माक्र्सवादको सैद्धान्तिक पक्षबारे सुसुचित गर्नु आजको आवश्यकता रहेको बताउदै प्रत्येक दिन दुई हजारभन्दा बढी नेपालीहरु स्वदेशमा काम नपाएको र विदेशिरहेको वर्तमान स्थितिमा भारतीयहरु नेपालमा काम गरी वार्षिक ४ अर्ब डलर नेपाली रुपैयाँ भारतमा लगिरहेकोतर्फ पनि सचेत हुन आवश्यक रहेको नेमकिपाको केन्द्रीय परिषद्ले नेपालमा अध्ययन गर्न सकिने विषय अध्ययनको लागि विदेशमा जानबाट सरकारले रोक लगाउनुपर्ने निर्णयबारे जानकारी गराउनु पर्ने बताए ।

देशको सार्वभौमिकता झन्झन् खतरामा रहेको स्थितिमा विद्यार्थीहरुलाई देशको राजनीतिक स्थिति र देशभक्तिको भावना जगाउन अब प्राध्यापकहरुको अहम भूमिका रहेको उनले जानकारी दिए । नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले भारतीय विस्तारवादले पाकिस्तानबाट पूर्वी पाकिस्तान (आजको बङ्गलादेश) टुक्रा गर्न भारतीय सेनालाई मुक्तिवाहिनीको रूपमा प्रयोग गरेको कार्यलाई नेमकिपाले तत्काल विरोध गर्नु नेपालको कम्युनिष्ट आन्दोलनमा नेमकिपा स्थापनाको एउटा आधार भएको उल्लेख गरे । ‘बङ्गलादेश स्थापनामा समर्थन जनाउनु भनेको नेपालको तराई टुक्रा गर्ने आन्दोलनलाई स्वीकार्नु हुने थियो । जुन सार्वभौम देशको लागि घातक हुन्छ ।’ उनले भने ।

राजा ज्ञानेन्द्रले संसद विघटन गरेको समयमा संसद पुनःस्थापनाको लागि संघर्ष गर्नुको विकल्प नरहेको स्पष्ट विषय प्रस्तुत गर्ने नेमकिपा नेपालको राजनीतिक संकटमा जहिले पनि प्रकाशस्तम्भको रूपमा उनको तर्क थियो ।
ठूला पार्टीको बैशाखीमा टेकेको वर्तमान प्रचण्डको सरकार नेपालको राजनीतिक इतिहासमै कमजोर सरकार भएको बताउ“दै प्रचण्ड सरकारले पहिलो विदेश भ्रमण नै भारतबाट सुरु गर्ने र यो भारतीय विस्तारवादप्रतिको निरिहता भएको उनले स्पष्ट पारे ।

वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले पार्टी स्थापनाको आधार र यसको सान्दर्भिकतबारे प्रष्ट पारेका थिए । वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले पार्टीको विचारलाई देशभर फैलाउन प्राध्यापकहरु तयार हुनुपर्ने बताए । नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिका अध्यक्ष ग्याहेन्द्रप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा वागीश्वरी माविका सहायक प्रअ कृष्णप्रसाद कर्माचार्य, कलेजका शिक्षकहरु अम्बरदली श्रेष्ठ, धनकृष्ण प्रजापति र निरु ताल्चाभडेलले समेत आफ्नो विचार राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.