भर्खरै : Sorry, your browser does not support inline SVG.
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव |

चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित

चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित

बेइजिङ । चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित भइसकेका चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले बताएका छन् ।
चिनियाँ नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठूलो आवागमनले महामारी फैलाउन सक्ने र केही क्षेत्रमा संक्रमणलाई बढाउने सम्भावना रहेको विबो सामाजिक मिडिया प्लेटफर्ममा बताएका हुन्।

नयाँ वर्षको अवसरमा लाखौं चिनियाँहरू छुट्टीको पुनर्मिलनका लागि देशभर यात्रा गरिरहेका छन्,जसले ठूलो प्रकोप व्यवस्थापन गर्न कम सुसज्जित ग्रामीण क्षेत्रहरूमा ताजा प्रकोपको त्रास बढाएको छ उनको तर्क छ।

त्यस्तै सरकारी तथ्यांकअनुसार अनुसार चीनले अचानक आफ्नो शून्य कोभिड नीति खारेज गरेको झण्डै एक महिनापछि जनवरी १२ सम्म कोभिड भएका करिब ६० हजार व्यक्तिको अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.