सिन्धुलीमा बस दुर्घटनामा ५ जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटनामा ५ जनाको मृत्यु

सिन्धुली । फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको बेला बसमा २९ जना यात्रु रहेको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

१९ जना घाइते भएका छन् भने उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा प¥याइएको छ ।

 


Thali Mobile Pvt.Ltd.