भर्खरै : Sorry, your browser does not support inline SVG.

सीपीएएस मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी जिल्ला बन्यो उत्कृष्ट

सीपीएएस मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी जिल्ला बन्यो उत्कृष्ट

गुल्मी । कार्यसम्पादन मूल्याङ्कनमा देशभरमै जिल्ला प्रशासन कार्यालय गुल्मी पहिलो बनेको छ । सीपीएएस मूल्याङ्कनको आधारमा ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट जिल्ला बनेको हो । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच गएको आर्थिक वर्ष २०७९ र ८० को कार्यसम्पादन सम्झौता भएको थियो ।

गृह मन्त्रालयले दिएका सूचकहरूमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, मुद्दा फर्स्योट, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, अपराध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरण लगायतका विषयहरू रहेका थिए । गएको आर्थिक वर्षमा ९६ दशमलव ४४ अङ्क प्राप्त गरी अति उत्कृष्टसहित गुल्मीले प्रथम स्थान हासिल गरेको हो ।

गृह मन्त्रालयले दिएको छ वटा सूचक मापनभित्र रहेका ७७ वटा उपसूचकलाई पूरा गरी गुल्मी देशभरका जिल्ला प्रशासन कार्यालयभन्दा आफूलाई अब्बल र उत्कृष्ट जिल्ला बनाउन सफल बनेको हो । यसअघि पनि गुल्मी कार्यसम्पादन मूल्यांकनमा पहिलो बनेको थियो । यस पटक रुकुम (पश्चिम) ९६ दशमलव १३ अङ्क प्राप्त गरी दोस्रो र रुपन्देही ९६ दशमलव ०० अङ्क प्राप्त गरी तेस्रो बनेको छ ।

गुल्मीलाई उत्कृष्ट जिल्ला बनाउन सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी केसीले जिल्लाका जनप्रतिनिधि, अर्धवार्षिक कार्यसम्पादनको समयमा कार्यरत प्रजिअ र सहप्रजिअ, सुरक्षा निकाय, राजनीतिक दल, कार्यालय प्रमुख तथा कर्मचारी, नागरिक समाज, विभिन्न सङ्घ–संस्था एवम् सञ्चारकर्मीप्रति आभार व्यक्त गर्नुभएको छ । गुल्मी उत्कृष्ट जिल्ला घोषणा भएसँगै जिल्लावासी खुशी भएका भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.