भक्तपुर । श्रीमद्भागवतका कथा श्रवण गरे मात्र जीवनमा मुक्ति प्राप्त हुने जनमत पार्टीका अध्यक्ष डा.सिके रावतले बताएका छन ।
मंगलबार चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सञ्चालन भएको विराट पितृ मुक्ति महायज्ञमा सहभागी भएका नेता रावतले यस्तो बताएका हुन ।
बिशिष्ट अतिथीको रुपमा सहभागी नेता रावतले भने, ‘श्रीमद्भागवतको कथा श्रवण गर्दा मात्र पनि मुक्ति प्राप्त हुन्छ, पुण्य प्राप्त हुन्छ ।
यस्तो पुण्य प्राप्ति गर्ने सु–अवसर विजयमूर्ति महाराज श्री ले तपार्इंकै आगनमा दिनुभएको छ भरपुर प्रयोग गर्नुहोस ।’
सम्बोधनको क्रममा नेता रावतले यस्तो पुण्य प्राप्त गर्न आफु सधैं सहभागी हुने गरेको बताए ।
