भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सीमाअतिक्रमणको विरोधमा नेमकिपाले ग¥यो नेपालगञ्जमा विरोध प्रदर्शन

सीमाअतिक्रमणको विरोधमा नेमकिपाले ग¥यो नेपालगञ्जमा विरोध प्रदर्शन

नेपालगञ्ज । नेपाली भूमि भारतले आफ्नो सीमाभित्र राखी नक्शा बनाएको विरोधमा नेपाल मजदुर किसान पार्टीले नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ । भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा हाम्रै हो लगायतका नाराका साथ धम्वोजीचोकबाट जुलुस प्रदर्शन गर्दै पुष्पलाल चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई बोल्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको अस्तित्वमाथि धावा बोल्ने जनसुकै शक्तिविरुद्ध लड्न नेपाली जनता तयार भएको बताए । विभिन्न तथ्य तथा प्रमाणहरू हुँदाहुँदै कालापानीबाट भारतीय सेना हटाउन नेपाली कांग्रेस, एमाले, नेकपालगायत कुनै पनि नेतृत्वको सरकारले ठोस कदम चाल्न नसकेको भन्दै देशभक्त जनता एकजूट हुनुपर्ने धारणा व्यक्त गरे ।

कोणसभामा बोल्दै नेमकिपा, बाँकेका अध्यक्ष बखतबहादुर थापाले शासक पार्टीहरूकै अकर्मण्यताको कारण नेपाली भूमि अतिक्रम भइरहेको दाबी गरे । शासकहरूले जनतालाई अब ठग्न नसक्ने भन्दै उनले जनताको विजय सुनिश्चि भएको बताए । सभामा बोल्दै नेक्राविसंघका केन्द्रीय सदस्य सर्जु फसिकवले सम्मूर्ण देशभक्त जनता एकजूट भएर अघि बढ्न आग्रह गरे ।

 


Thali Mobile Pvt.Ltd.