भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

घाँस लिन पनि सीमापारी धाउनु पर्ने बाध्यता

घाँस लिन पनि सीमापारी धाउनु पर्ने बाध्यता

कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दा मेलापात गर्न र गाईवस्तुलाई घाँस र स्याउला लिन भारतमा जाने गरेका छन् । सीमा नाकामा दुई देशबीचका नागरिकको आपसी सम्बन्धका कारण सम्भव भएको जनाइएको छ ।

दोधाराका मानिस भारतीय गाउँ कलौनामा मेलापात जाने गरेका छन् । झन्डै तीन किलोमिटर बाटो हिँडेर महिला भारतीय बस्ती कलौना पुग्ने गरेका छन । दोधारा चाँदनीको कुतियाकवरमा विसं २०२२ देखि बस्दै आएका टेकबहादुर सुनारले अहिलेसम्म दुई देशका नागरिकबीच मनमुटावका नभएको बताउँछन् ।

विसं २०६५ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नेपालसँग सम्पर्क जोडिएको हो । उनीले भने ‘ ‘मेलापात, बिहे, व्रतबन्धलगायतका कार्यक्रममा पनि हामी आउने– जाने गर्छौँ, हामीले पनि बोलाउँछौँ, उहाँहरूले पनि बोलाउनुहुन्छ । हामी सिमाका बासिन्दा सीमाका प्रहरेदार हौ ।’

महाकालीपारिको गाउँ भनेर चिनिने दोधारा चादँनी नगरपालिकाको उत्तर, पश्चिम र दक्षिणमा भारतसँगको खुला सिमाना रहेको छ । यहाँका औसत परिवारको आम्दानीको स्रोत नै कृषि व्यवसाय रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.