प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध

प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध

काठमाडौं । एक महिनादेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको जनाइएको छ । मौसममा सुधार नआएसम्म हवाई उडान सम्भव नभएको निगमले जनाएको छ। साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ।

लामो समयसम्म हवाई उडान अवरुद्ध हुँदा प्रत्यक्ष रूपमा असर यात्रुलाई परेको छ। पछिल्ला केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले हवाई उडान निरन्तर अवरुद्ध हुँदै आएको नेपाल वायुसेवा निगम ताप्लेजुङले जनाएको छ । प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो।

 


Thali Mobile Pvt.Ltd.