भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै

सुदूरपश्चिम प्रदेश सरकार आज विस्तार हुँदै

काठमाडौं । चार मन्त्रालय मन्त्रीविहीन रहेको सुदूरपश्चिम प्रदेश सरकार शनिबार विस्तार हुने भएको छ। शुक्रबार सत्तारुढ दलहरुबीच सहमति नजुटेपछि शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।

सत्तारुढ दलहरुको छलफलका क्रममा नेकपा माओवादी केन्द्रले २, त्यस्तै नागरिक उन्मुक्तिले २ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए। चार मन्त्रालय मन्त्रीविहिन रहेको अवस्थामा पाँच जनाको दाबी भएपछि शुक्रबार सहमति जुट्न नसकेको बताइएको हो।

यता नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टका अनुसार शनिबार बिहान ११ बजे शपथग्रहणको तयारी रहेको छ । नागरिक उन्मुक्ति पार्टी सहमतिमा नआए पनि कांग्रेस र माओवादीका मन्त्रीले शपथ लिने भट्टले जानकारी दिए ।माओवादी केन्द्रबाट झपटबहादुर साउद र रमेश सिंह धामी मन्त्री र गीतादेवी माल राज्यमन्त्री बन्ने पक्का भएको भट्टले बताए।

त्यस्तै यता नेपाली कांग्रेसले एक जनाको नाम टुंगो लगाउन बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ । काँग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने तयारी गरेको छ।

नागरिक उन्मुक्ति पार्टीले २ मन्त्रालय दाबी गरे पनि सत्तारुढ दल कांग्रेस र माओवादीले नागरिक उन्मुक्तिलाई एक मन्त्रालयमा मनाउने प्रयास जारी राखेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.