भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

सुर्खेत । कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्नुभएको हो ।

सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ । निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले आजदेखि निषेधाज्ञामा कडाइ गर्ने तयारी गरेको छ ।

आजदेखि खाद्यान्नका पसलहरु आइतबार, मङ्गलबार र विहीबार तथा फलफूल, तरकारी पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाएको छ । कर्णालीमा हालसम्म कोरोनाबाट १३४ जनाको मृत्यु भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.