सुर्खेत । सुर्खेत-दैलेख सिमा रातानाङ्ग्लामा गाडी दुर्घटना भएकाे छ । गाडी दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ । आवु खैरेनीबाट दैलेख धरमपोखरामा विद्युतको पोल छोडेर सुर्खेत फर्किने क्रममा विनपा १२ रातानाङ्ग्ला (माेड) सडकबाट करिब २०० मिटर तल खसेकाे हाे ।
बा ४ ख ७७५५ नम्वरको ट्रक दुर्घटनामा परेको हो । ट्रक चालक आवु खैरेनीका स्थायी वासिन्दा इश्वर वर्तलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा एक जना मात्रै सवार रहेको रानीमत्ता ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
