भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

सुर्यविनायकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना (भिडियाे सहित)

सुर्यविनायकमा निर्वाचन अधिकृतको कार्यालय स्थापना (भिडियाे सहित)

भक्तपुर । वैशाख ३० हुने निर्वाचनका लागि सरकारले देशैभर निर्वाचन कार्यालय स्थापना गरेको छ । यता भक्तपुर जिल्लाका चारैवटा नगरपालिकामा निर्वाचन कार्यालय स्थापना गरिएको छ । यसैबीच सुर्यविनायक नगरपालिकामा पनि निर्वाचन कार्यालय स्थापना गरी निर्वाचन अधिकृत सरीता खतिवडाले कार्यालयको उद्घाटन गरेकी हुन ।

राष्ट्रिय प्राणी उद्यानको कार्यालयस्थित भवनमा उक्त कार्यालय स्थापना गरिएको हो । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न र निर्वाचन आचारसंहितालाई कार्यान्वयन गराउन यहाँ कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत खतिवडाले बताइन् ।

निर्वाचन अधिकृतका खतिवडाका अनुसार वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता, १२ गते मनोनयन पत्रको सुची प्रकाशन गर्ने, १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४/१५ गते मनोनयन पत्र जाँच तथा निर्णय गर्ने, १५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गत उम्मेदवारले नाम फिर्ता लिने १६ गते उम्मेदवारको

अन्तिम नामावली प्रकाशन गर्ने, १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र ३० गते मतदान गर्ने कार्य तालिका रहेको छ । यस सुर्यविनायक नगरपालिकामा रहेका दलहरुलाई बोलाएर उम्मेदवारको बारेमा जानकारी लिने, उजुरी लिने, नामावली प्रकाशित गर्ने र तालिमको व्यवस्था गरिने उनको भनाइ छ ।

अन्तिम मतदान भइरकेपछि जितहासिल गरेका उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरेपछि कार्यालय हट्ने भन्दै त्यसभन्दा पहिले भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउने दायित्व कार्यालयको रहने खतिवडाले बताइन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

 

 


Thali Mobile Pvt.Ltd.